नेता–कार्यकर्तालाई ओलीको निर्देशन- आचारसंहिता कडाइका साथ पालना गर्नूस्
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन् । एमालेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।”
उनले आयोगले जारी गरेको आचारसहिंता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । “आचारसहिंताको कहीँ कमी कमजोरी नरहने गरी गतिशील ढङ्गले पालना गर्न आग्रह गर्दछु,” उनले भने, “हाम्रो पार्टी कानूनी राजको पालना गर्ने पार्टी हो तर जे गरे पनि बोल्न नसक्ने भने पार्टी भने होइन ।”
उनले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले आचारसहिंता लागू गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले भने, “निर्वाचन आचारसहिंता सबैले मान्नुपर्दछ तर आचारसहिंता लागू गर्ने विषयमा हामीसँग निर्वाचन आयोगले सल्लाह पनि गरेन ।”
एउटा पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने सामान्य कुरा मात्र होइन, देशलाई सुशासन लैजाने, विकासको लहर अगाडि बढाउने र देशलाई समृद्धि नेपाली र सुखी नेपालीको आकाङ्क्षा सफल बनाउने अभियानमा सरिक हुने विषय रहेको उनको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया