कतारका राजासँग राष्ट्रपति पौडेलको आधा घन्टा भेटवार्ता
काठमाडौ. । नेपाल भ्रमणमा आएका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति रामचन्द्र पौडेलले आधा घन्टा छलफल गरेका छन् । छलफलमा प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन आग्रह गरेका छन्।
शीतलनिवासमा भएको आधा घन्टा लामो द्विपक्षीय वार्तामा राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन्। कतारी राजा थानीले जोशीको रिहाइका लागि कतारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।
राजा थानी आज अपराह्न विशेष विमानमा भ्रमण दलका सदस्यसहित काठमाडौं आइपुगेका हुन्। राष्ट्रपतिसँगको भेटवार्तामा कतारी राजाका तर्फबाट ११ जनाको प्रतिनिधिमण्डल सहभागी थियो। राष्ट्रपतिका तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापा, परराष्ट्र सल्लाहकार डा. सुरेशचन्द्र चालिसेलगायत सहभागी थिए। प्रधानमन्त्री प्रचण्डसँग बुधबार भेट्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया