NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

एमनेस्टी इन्टरनेशनलसहित १५ पश्चिमा संस्था बन्द गर्ने रुसको निर्णय

रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।

संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ ।

जवाफमा रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

रूसको कानुन उल्लंघन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रूसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लंघन गरे भन्ने खुलाएको छैन ।

एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताएका छन् । तर सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरे ।

ताजा अपडेट

नेपालवाच विशेष