एमनेस्टी इन्टरनेशनलसहित १५ पश्चिमा संस्था बन्द गर्ने रुसको निर्णय
रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।
संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ ।
जवाफमा रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।
रूसको कानुन उल्लंघन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रूसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लंघन गरे भन्ने खुलाएको छैन ।
एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताएका छन् । तर सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया