दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
दक्षिण काेरिया । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।
विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो ।
नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो । यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । यसले कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्रहरूको निगरानी गर्नेछ र तस्बिर लिएर सरकारलाई राष्ट्रिय सुरक्षामा आउने कुनै पनि धम्की, प्राकृतिक विपत्ति वा कुनै पनि खतराको तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्नेछ ।
दक्षिण कोरियोले सन् २०२६ जुनमा थप पाँच नानोस्याटेलाइट प्रक्षेपण गर्ने र सन् २०२७ सेप्टेम्बरमा स्वदेशी नुरी अन्तरिक्ष रेकटमा अन्य पाँचवटा नानास्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया