न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट समितिको अध्यक्ष नियुक्त गर्ने गरी आइतबार आवेदन मागेको हो ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरेका, प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेका वा आमसञ्चारसम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेका, पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिनसक्ने छन् ।
त्यस्तै, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेका वा सेवाबाट कम्तीमा अधिकृतस्तरबाट अवकाशप्राप्त व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।
पत्रकारिता आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको, प्रचलित कानूनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको नैतिक आचरण भएको व्यक्तिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वय शाखामा आइतबारदेखि आगामी एक सातासम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुति र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्ति सिफारिस गरिनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन




प्रतिक्रिया