स्याङ्जामा चक्कु प्रहार गरेर युवाको हत्या
स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१३, बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् ।
घाइते चौधरीलाई गह्रौँ प्राथमिक अस्पताल, वालिङमा लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत भएको हो ।
चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय, वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया