बझाङ उपनिर्वाचन अपडेट: एमालेका भण्डारी नौ मतले अगाडि
चैनपुर । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् ।
जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका(९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो ।
पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गरेका छन् ।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया