आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ ।
विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरिन्छ ।
मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।
नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।
मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोहअघि नयाँ सडकबाट –यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिए ।
सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया