रोनाल्डोको गोलको मद्दतमा अल नासरको सहज जित
काठमाडौं । अल खलिजलाई ३–१ गोलान्तरमा हराउँदै अल नासर किंग्स कपको फाइनलमा प्रवेश गरेको छ । अल अवल स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले अल खलिजमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।
अल नासरको यो जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले २ गोल गरे । उनले १७औं र ५६औं मिनेटमा अल खलिजविरुद्ध गोल गरेका हुन् । त्यस्तै, साडियो मानेले पनि अल नासरका लागि १७औं मिनेटमा गोल गरे ।
अल खलिजका लागि ८२औं मिनेटमा फवाज अल–तोराइसले गोलको खाता खोले पनि थप गोल गर्न खेलाडीहरू चुके ।
रोनाल्डोको गोलको मद्दतमा सेमिफाइनलमा जित निकालेको अल नासरले अब उपाधिका लागि अल हिलालसँग फाइनल खेल्ने छ । मंगलबार राति सम्पन्न खेलमा अल इतिहादलाई २–१ ले हराउँदै अल हिलालले फाइनल यात्रा तय सुनिश्चित गरेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया