रोनाल्डोको गोलको मद्दतमा अल नासरको सहज जित
काठमाडौं । अल खलिजलाई ३–१ गोलान्तरमा हराउँदै अल नासर किंग्स कपको फाइनलमा प्रवेश गरेको छ । अल अवल स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले अल खलिजमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।
अल नासरको यो जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले २ गोल गरे । उनले १७औं र ५६औं मिनेटमा अल खलिजविरुद्ध गोल गरेका हुन् । त्यस्तै, साडियो मानेले पनि अल नासरका लागि १७औं मिनेटमा गोल गरे ।
अल खलिजका लागि ८२औं मिनेटमा फवाज अल–तोराइसले गोलको खाता खोले पनि थप गोल गर्न खेलाडीहरू चुके ।
रोनाल्डोको गोलको मद्दतमा सेमिफाइनलमा जित निकालेको अल नासरले अब उपाधिका लागि अल हिलालसँग फाइनल खेल्ने छ । मंगलबार राति सम्पन्न खेलमा अल इतिहादलाई २–१ ले हराउँदै अल हिलालले फाइनल यात्रा तय सुनिश्चित गरेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया