पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका सम्पदाको प्रवर्द्धन एवं पहिचान गर्न बृहत् ‘सम्पदा पदयात्रा’ आयोजना गरिने भएको छ ।
भोलि शनिबार चन्द्रगिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी) ले सो पदयात्राको संयोजन गरेको हो । दुई हजार दुई सय जना सहभागी हुने सो पदयात्रामा २२ किमी पदयात्रा हुने जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेका १५ वटै वडामा रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धन गर्न बृहत् ‘सम्पदा पदयात्रा’ गर्न लागिएको र यसको तयारी पूरा भएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।
पदयात्राले ऐतिहासिक एवं सांस्कृतिक चन्द्रागिरिको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाइएको छ । उनले नगरपालिकाभित्र रहेका पर्यटकीय सम्पदाको वास्तविक अवस्था के कस्तो छ, यसको अवलोकन गर्न र स्वास्थ्यका लागि हिँडाइको महत्व बुझाउन पदयात्रा राखिएको बताए ।
“आफ्नो टोल, समाजमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रर्वद्धनमा योगदान पु¥याउनु नगरवासीको कर्तव्य हो । यी सम्पदाको संरक्षण प्रवर्द्धन गर्दै जीवन्त राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न युवाको भूमिका अहम् हुन्छ । यसका लागि पदयात्रा गर्न लागेको हौँ”, अध्यक्ष गोपालीले भने ।
चन्द्रगिरि नगरपालिका परिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुने छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया