परीक्षा दिएर आँउदै गरेकी विद्यार्थीमाथि आक्रमण
दमक। झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् ।
अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् । स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया