बजेटमा चलखेल गर्ने चर्चित पूर्वनासुलाई अदालतले दियो सफाइ

काठमाडौं । बजेट निर्माणमा चलखेल गरेको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा गत वर्ष मुद्दा दायर गरेको थियो ।
बिशेष अदालतले बिहीबार उनलाई सफाइ दिएको हो । उनीसँग पाँच करोड २५ लाख अवैध सम्पत्ति रहेको अख्तियारको दाबी थियो । उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएकोमा उनले पनि सफाइ पाएकी छिन् ।
भन्सारमा लामो समय काम गरेका पूर्वनासु घिमिरे माओवादी नेता जनार्दन शर्मा निकट हुन् । शर्मा अर्थमन्त्री हँुदा बजेटको अघिल्लो दिन करका दर हेरफेरमा उनले सेटिङ मिलाएको आरोप लागेको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया