सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो ।
आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिका–७ का परशुराम साह, पोखरा महानगरपालिका–१६ का यदुनाथ बञ्जरा, हेटौंडा उपमहागरपालिका–८ का इन्दप्रसाद बन्जरा र मेलाम्ची नगरपालिका–१० का आदित्य दहाललाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ ।
यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहाुदर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइवा, गल्कोट नगरपालिका बाग्लुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई आयोगले पुरस्कृत गर्नेछ ।
त्यस्तै, उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायव सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत हुनेछन् ।
पुरस्कृत व्यक्तित्वहरूलाई भोली शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने विशेष समारोहबीच पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त एवं प्रवक्ता कमला ओली थापाले जानकारी दिइन्।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया