कडा लकडाउनले आक्रोशित चिनियाँहरुले बाँड्न राखेको खानेकुरा लुटे
सांघाई । झन्डै २ करोड ६० लाख जनसङ्ख्या भएको चीनको आर्थिक राजधानी सांघाईमा अहिलेसम्मकै ठूलो कोरोना विष्फोटका कारण पछिल्लो २२ दिनदेखि लकडाउन जारी छ । शुन्य कोभिड नीतिअन्तर्गत त्यहाँ कडा प्रतिबन्धहरू लागू गरिएको छ । जसका कारण खाद्यान्न र औषधिको अभाव भएको छ ।
त्यहाँ शुक्रबार अबेर राति ठूलो संख्यामा मानिसहरु लकडाउनको आदेश तोडेर सडकमा उत्रिएर बितरण गर्न राखिएको खानाका बट्टाहरु लुटेका छन् । लकडाउनका कारण आवश्यकता अनुसारको खानेकुरा पाउन नसकेपछि उनीहरुले लुटपाट गरेका हुन् । सांघाईमा एउटा अपार्टमेन्टमा केवल दुई व्यक्तिमात्र खाना लिन जान पाउँछन् ।
चीनमा शुन्य कोभिड नीतिअन्तर्गत कडा कोरोना प्रोटोकल लागू गरिएको छ । त्यहाँ बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्छ । चीनमा संक्रमितहरु होम आइसोलेसन वा क्वारेन्टाइनमा बस्न निषेध गरिएको छ । साना बालबालिकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने भएपछि अभिभावकहरु पनि आक्रोशित छन् ।
लकडाउनका कारण मानिसहरु घरबाट बाहिर निस्किनसमेत पाएका थिएनन् । सांघाईमा रहेको कार्यालयमा स्वास्थ्य कर्मचारीलाई घर जान पनि नदिई राखिएको छ । त्यहाँ २० हजारभन्दा बढी कर्मचारी छन् ।
शुक्रबार पनि सांघाईमा ओमिक्रोन भेरिएन्टका २३ हजार छ सय नयाँ संक्रमित भेटिएका थिए । लकडाउनको ३ साताभन्दा बढी समय बितिसक्दा पनि नयाँ संक्रमितको संख्यामा कमी आएको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया