खुलामञ्चमा आकाशे पानी पुनः भरण हुने गरी काम गरिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ ।
काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरे ।
यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग यही वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो ।
कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेका थिए । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, “नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता ग¥यौँ । त्यसको भोलिपल्टैबाट काम थालिएको छ ।
हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ ।” नेपाल पूर्वाधार निर्माण कम्पनी विसं २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भने, “कम्पनीका लागि यो एउटा अवसर पनि हो । यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ ।”
खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ । यसपछि बर्षाको पानी भेल भएर बग्दैन । जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया