इरानको नियन्त्रणमा रहेका पाँच भारतीय रिहा
काठमाडौं । एमएससी एरिज जहाजसँगै इरानको नियन्त्रणमा पुगेका पाँच भारतीय नागरिक रिहा भएका छन् ।
इरानस्थित भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्समार्फत इरानको नियन्त्रणमा रहेका आफ्ना पाँच नागरिक मुक्त भएको जनाएको छ ।
रिहा भएका भारतीयलाई शुक्रबार साँझ भारत पठाउने तयारी छ ।
इरानको नौ सेनाले गत अप्रिल १३ मा भारत आउँदै गरेको कार्गो जहाज नियन्त्रणमा लिएको थियो । उक्त जहाजमा २५ सवार रहेकोमा १७ भारतीय नागरिक थिए । जहाजका मालिक इजरायली हुन् ।
इजरायलसँग जारी तनावबीच इरानले यो कदम चालेको हो ।
जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । उनलाई भने जहाज नियन्त्रणमा लिइएको केही दिनपछि नै छाडिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया