नेपाल आइडल बिजेता रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल आइडलका विजेता रवि ओडलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, झलारीमा ओडमाथि उनकी पत्नीले झण्डै डेढ महिनाअघि वैवाहिक बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । सोही अभियोगमाथि छानबिनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय, झलारीले बिहीबार प्रहरी कार्यालयमा आफैं हाजिर भएका उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीले ओडलाई लागेको अभियोगबारे छानबिन गर्न जिल्ला अदालतबाट पाँच दिनको म्यादसमेत लिएको छ ।
नेपाल आइडल सिजन २ का विजेता रविले आफूलाई बलात्कार तथा अप्राकृतिक मुख मैथुन गर्न लगाएको आरोप लगाउँदै उनकी पत्नीले गत चैत २० मा उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिँदा देशबाहिर रहेकाले उनलाई प्रहरीले पक्राउ भने गरेको थिएन ।
प्रतिक्रिया