प्रधानमन्त्रीले राखे कांग्रेस नेतासँग बैठक, संसदको अवरोधबारे छलफल हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेतालाई छलफलका लागि बोलाएका छन् ।
नेपाली कांग्रेसले गरिरहेको संसद् अवरोधबारे छलफलका लागि कांग्रेसका नेतालाई अहिले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाउँदै त्यसउपर संसदीय छानबिनको माग राखेर कांग्रेसले अघिल्लो अधिवेशनमै संसद् अवरोध गरेको थियो । शुक्रबारबाट सुरु बजेट अधिवेशनमा पनि कांग्रेसले सोही मुद्दा उठाएर संसद् अवरोध यथावत् राखेपछि प्रधानमन्त्रीले उक्त गत्यावरोध हलका लागि पहलकदमी उठाएका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया