धरानको मेयरमा एमालेले गर्यो ११ नाम सिफारिस
काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर एमालेका झण्डै दर्जनले आकांक्षा देखाएका छन् । आकांक्षी धेरै भएपछि नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । मेयरमा सिफारिस गरिएकामा केही सञ्चार उद्यमीसमेत छन् ।
एमालेको धरान कमिटीले सहमतिमा उम्मेदवारको नाम सिफारिस गर्ने प्रयास गरेको थियो । तर आकांक्षीले आफ्नो दाबी नछाडेपछि ११ जनाकै नाम केन्द्रमा पठाएको नगर कमिटीले जनाएको छ ।
एमाले धरान कमिटीले मेयरका लागि मञ्जु भण्डारी सुवेदी, मनोजकुमार मेयाङ्वो, प्रकाश राई, किशोरकुमार कार्की, विजय राई, दोर्पध्वज राई, मीनकुमार सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्के र मोतिराज सुनुवारको नाम सिफारिस गरिएको छ । यीमध्ये सुवेदी केन्द्रीय सदस्य र मेयाङ्वो धरानको उपमेयर तथा एमाले प्रदेश कमिटी सदस्य हुन् । त्यसैगरी, किशोरकुमार र मोतीराज सुनुवार भने मिडिया उद्यमी हुन् । कार्की पूर्वको चर्चित दैनिक पत्रिका ब्लास्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक र सुनुवार प्रबन्ध निर्देशक हुन्।
त्यसैगरी, उपमेयरमा पनि ६ जनाको नाम सिफारिस गरिएको छ । सुशीला पहाडी, पदम इस्वो लिम्बू, सविता चाम्लिङ, लहरू जिमी, इन्द्रकला राई र लीला राईको नाम उपमेयरमा सिफारिस गरिएको हो ।
अब यी नाममाथि सचिवालयले छलफल गरेर स्थायी कमिटीमा टुंगो लगाउने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया