NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

बाँकेसहित तीन जिल्लाका सिडिओ फेरिए

काठमाडौं । बाँकेसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरिएका छन् । गृह मन्त्रालयले बाँके, बाग्लुङ र पर्वतमा नयाँ सिडिओ पठाएको हो ।
बाँकेमा खगेन्द्र प्रसाद रिजाल, बाग्लुङमा नेत्र सुवेदी तथा पर्वतमा केदारनाथ शर्मालाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । बाँकेमा सिडिओ श्रवण पोखरेलको अन्यत्र सरुवा भएपछि पद रिक्त थियो । बाँकेमा खटाइएका रिजाल यसअघि बाग्लुङमा सिडिओ थिए । शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा जिम्मेवारविहिन थिए । अन्य केही जिल्लाका सिडिओ पनि हेरफेरको गृहकार्य भइरहेको छ।