ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी

काठमाडौं । विवाहको आवरणमा चीनमा नेपाली युवतीको तस्करी भइरहेको खुलेको छ । यस्तो धन्दामा संलग्न एक महिलालाई पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोट किस्पाङकी मनमाया घलेलाई पक्राउ गरेको हो । उनले एक युवतीलाई चिनियाँसँग बिहे गरेर चीनको उत्तरी सहर हार्विन नामक सहरीमा पुर्याएकी थिइन् । त्यहाँ चिनियाँले उनलाई यौन शोषण गर्नुका साथै वेश्यावृत्तिमा समेत लगाएका थिए । पीडितले नेपाली दूतावासमा सम्पर्क गरेपछि उनको उद्धार भएको थियो ।
कमजोर आर्थिक अवस्था भएकी ती युवतीलाई पाँच वर्षपछि चीनको ग्रिनकार्ड बन्छ भनेर विश्वासमा पारी विवाह गरिएको खुलेको छ । १३ चैत २०७९ मा चिनियाँसँग जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो । अनुसन्धानको क्रममा पाँच लाख रुपैयाँ बिक्रि भएको खुलेको एसपी गौतम मिश्रले बताए । यसमा गिरोह नै आबद्ध हुन सक्ने भएकाले प्रहरीले त्यसतर्फ अनुसन्धान अघि बढाएको छ ।
विगतमा पनि विवाहको आवरणमा चीनमा नेपाली महिलाको तस्करी भएको घटनामा प्रहरीले अनुसन्धान गरेको थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया