NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सिरोहियालाई धनुषा पु-याइयो, म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं । नागरिकता कीर्तेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई म्याद थपका लागि बुधबार अदालतमा लगिने भएको छ ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्न थप समय आवश्यक परेमा प्रहरीले अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था छ । सोही प्रचलनअनुसार जिल्ला प्रहरी कार्यालय, धनुषाले म्याद थपको माग गर्दै सिरोहियालाई आज जिल्ला अदालत, धनुषामा लैजान लागेको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले बुधबार बिहान अदालत खुलेपछि म्याद थपका लागि सिरोहियालाई अदालत लैजाने तयारी गरिएको जनाएको छ ।

जिल्ला अदालत, धनुषाबाट पक्राउ पुर्जी जारीपछि मंगलबार प्रहरीले थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयबाट उनलाई गिरफ्तार गरेको थियो । गिरफ्तार लगत्तै उनलाई प्रहरीले रातारात धनुषा लगेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको सम्बन्धी समाचार कान्तिपुरले श्रृंखलाबद्ध प्रकाशित गरेको र त्यसको प्रतिशोध साध्न लामिछानेले आफूलाई पदको दुरूपयोग गर्दै पक्राउ गरेको सिरोहियाको आरोप छ ।

ताजा अपडेट

नेपालवाच विशेष