चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ

नारायणगढ । लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ ।
निकुञ्जको पश्चिम क्षेत्र सुकीभारसँगै अन्य क्षेत्रमा समेत पानीको सतह अघिल्ला वर्षको तुलनामा घट्दै गएपछि सिमसार र घाँसे मैदान क्षेत्रमा पानीको अभाव देखिएको हो । पानीको अभाव हुँदै गएपछि निकुञ्जले सो क्षेत्रमा पर्याप्त पानी पु¥याउनका लागि डिपबोरिङ गरी पानीको पूर्ति गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनले भने, “नारायणी नदीको पश्चिम भँगालो नवलपारसीको सुकिभार र भरतपुरको देवनगर क्षेत्रमा डिपबोरिङ गरिएको हो ।” सिमसार क्षेत्रमा पानीको अभाव भएसँगै वन्यजन्तु पानी र आहारा खोज्न बस्ती पस्न थाल्ने हुँदा बस्ती पस्नेक्रम रोक्नका लागि डिपबोरिङमार्फत सिँचाइको व्यवस्था गरिएको हो । सुक्खा क्षेत्र सिँचाइ भएपछि वन्यजन्तु निकुञ्जमै भुल्ने उनले बताए ।
उनका अनुसार घाँसे मैदान, सिमसार र पोखरी रहेका तीन क्षेत्रमा पानीका लागि डिपबोरिङ गरिएको हो । निकुञ्जका भिम्ले घाँसे मैदान, सुकीभार घाँसेमैदान र भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा डिपबोरिङ गरिएको हो । भिम्ले र देवनगरमा नयाँ बोरिङ जडान गरिएको हो भने सुकीभार क्षेत्रमा बिग्रिएको बोरिङ मर्मत गरिएको उनले जानकारी दिए ।
सुकीभार क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढाउनका लागि सिमसार, घाँसे मैदान र पोखरी भएका क्षेत्रमा डिपबोरिङ गरी पानीको व्यवस्था गर्दा यसले घाँसे मैदानमा सिँचाइ, सिमसार क्षेत्रमा पानीको पर्याप्तता र पोखरीमा नियमित पानी रहन सहज हुने उनले जानकारी दिए ।
हाल नारायणी नदीको पश्चिम भँगालो क्षेत्रमा पर्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीको सतह घट्दै गएकाले वन्यजन्तु बस्ती पस्ने जोखिम हुन नदिन डिपबोरिङको पानी महत्वपूर्ण हुने उनको भनाइ छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया