NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

बुहारी समूहले वार्षिकोत्सवको अवसरमा गर्यो सहयोग

काठमाडौं । सामाजिक संजाल फ़ेसबुक ग्रुप बुहारी समूहले वार्षिकोत्सवको अवसरमा ‘सेभ ब्लेसिङ चिल्ड्रेन होम’ लाई सहयोग गरेको छ ।

ग्रुप एडमिनहरू प्रभा आचार्य, तुलसा आचार्य गौतम र रूपा गुरुङको अग्रसरतामा ललितपुर धापाखेल स्थित सो संस्थाका २५ जना बालबालिकाहरूको लागी ४०,००० बराबर को स्टेशनरी, खाद्यान्न, पानी र खाजा वितरण गरेका हुन् ।

सो कार्यको लागी ग्रुप एडमिन प्रभा आचार्य, सदस्यहरू सुधा सिग्देल गौतम, प्राप्ति आचार्य भट्टराई, सुस्मिता आले बस्नेत, सृजना थापा, सीमा बनिया, रन्जु गिरी आचार्य र सीता प्याकुरेलको सहभागिता रहेको एडमिन प्रधा आचार्यले बताएकी छन् । उनका अनुसार समूहले हरेक वर्ष वार्षिकोत्सवमा विभिन्न किसिमका डोनेशनहरू गर्दै आएको छ ।

त्यस्तै अन्य समयमा प्राकृतिक प्रकोप, आगलाग़ी लगायत विभिन्न रोगहरूले ग्रसित, आर्थिक अभावले उपचार गर्न नसकेका बिरामीहरूलाई पनि आर्थिक सहयोग गर्दै आइरहेको उनले बताइन् । ग्रुपमा नेपालभरबाट साथै विभिन्न देशमा बसोबास गर्ने १५ हजार भन्दा धेरै बुहारीहरू मेम्बर रहेका छन् ।

सामाजिक सञ्जाल फ़ेसबुकमा वि.स. २०७४ जेठ ११ गते स्थापना भएको यो समूह विवाहित महिलाहरूको समूह हो ।