सिरोहियाबारेको अभिव्यक्ति सच्याउँदै मह जोडीले भने- हामीबाट गल्ती भो, माफ पाऊँ

काठमाडौं । नागरिकता कीर्ते प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे यसअघि दिएको अभिव्यक्ति सच्याउँदै हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् ।
कार्यक्रमको दौडधुपमा रहेका बेला एक्कासि प्रश्न सोधिएको र विषयको गाम्भीर्यता बुझ्नै नपाई अभिव्यक्ति दिन पुगेको भन्दै महले आफ्नो पूर्व अभिव्यक्ति सच्याएका हुन् ।
‘अदालतमा विचाराधीन विषयमा हामीले बोल्नु हुँदैनथ्यो । हामीबाट गल्ती हुन गयो । यसप्रति क्षमा चाहन्छौं,’ मह जोडीले सोमबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोस्ट् गर्दै भनेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता कीर्ते प्रकरणमा पक्राउपछि कान्तिपुर टेलिभिजनले सोधेको प्रश्नमा श्रेष्ठ र आचार्य दुवैले सरकारबाट गलत भएको अभिव्यक्ति दिएका थिए । कलाकारद्वयको यस्तो अभिव्यक्ति सार्वजनिकपछि सामाजिक सञ्जालमा अदालतमा विचाराधीन विषयमा बोलेको भन्दै उनीहरूको आलोचना भएको थियो ।
प्रतिक्रिया