कृषिमा लगानी दशक घोषणा
काठमाडौं । सरकारले आगामी दशकलाई कृषि लगानी दशक घोषणा गरेको छ । कृषि क्षेत्रको विकास गर्ने भन्दै सरकारले आगामी दशकलाई कृषि दशक घोषणा गरेको हो ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूगोल, बजार सम्भाव्यता, कृषि उपजलगायतको आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।
सरकार, किसान र व्यवसायी मिलेर करार खेती प्रवर्द्धन गर्ने, कृषि उपज प्रशोधन, निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज अनुदान र मल, बीउ प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ ।
सामूहिक खेतीका लागि लिजमा सरकारी जग्गा उपलब्ध गराउने घोषणा पनि सरकारले गरेको छ ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया