घट्यो कृषि तथा पशुपन्छी क्षेत्रको बजेट
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई यो बजेट विनियोजन गरेका हुन् ।
चालू आर्थिक वर्षको बजेटमा घटाएर कृषि क्षेत्रको बजेट विनियोजन गरिएको हो । कृषि तथा पशुपन्छी क्षेत्रका लागि चालू आर्थिक वर्षमा ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको थियो ।
एकातिर आगामी दशकलाई कृषि लगानी दशक घोषणा गरेको सरकारले त्यो क्षेत्रको बजेटमा भने कैंची चलाएको हो ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया