प्रहरीका इन्स्पेक्टर बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ
काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय, मीनभवन, काठमाडौंमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटी बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिकाका विद्यालयमा सञ्चालित सचेतना अभियानका क्रममा बालिकाले शिवकोटीबाट यौन दुर्व्यवहार भएको गुनासो गरेकी थिइन् । त्यसपछि पनि उनले फोन गरेर शिवाकोटीको घरमा बस्नै नसक्ने अवस्थामा पुगेको बताएपछि स्वयम्भूमा रहेको प्रहरी कार्यालयले इन्स्पेक्टर शिवाकोटीलाई पक्राउ गरेको हो ।
तराई मूलकी ती बालिकालाई काममा सहयोग गर्ने सर्तमा शिवकोटीले घरमा सहयोगीका रूपमा राखेका थिए ।
प्रहरीले अहिले ती बालिकालाई बाल सुरक्षा गृहमा पठाएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
युवा संघका उपाध्यक्ष गुन्डागर्दीमा सक्रिय, तीनपुस्ते नखुलेको भन्दै ‘उन्मुक्ति’
-
ठेक्कामा हुने सेटिङ रोक्न तीनै तहका सरकारलाई अख्तियारको पत्राचार
-
अटिजमका बालबालिकाको शिक्षा र दिनचर्या कसरी सामान्य बनाउने ?
-
भारतमा विषाक्त मदिराबाट मृत्यु हुनेकाे संख्या ६३ पुग्यो
-
गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
प्रतिक्रिया