दुर्गा प्रसाईंको बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित उक्त अस्पताललाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो ।
फैसलामा भनिएको छ, “प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औंल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाइ १५ दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू ।”
मेडिकल व्यवसायी प्रसाईँले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै ०७७ असार २१ र ०७७ असोज ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया