प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आइतबार र सोमबारका लागि तय बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले एक सूचना जारी गर्दै जेठ २९ गतेसम्मका लागि बैठक स्थगित गरेकाे हाे ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन निम्ति दलहरूले सभामुखसँग थप समय माग गरेका थिए । दलहरूको यस्तो आग्रहपछि सभामुखले दुई दिनका लागि बैठक स्थगन गरेका हुन् ।
बैठक सरेसँगै विनियोजन विधेयकमाथिको छलफल जेठ २९ गतेबाट मात्र हुने भएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया