NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कृषि विकास बैंकको सद्भावना दूतमा फुटबलर साम्बा नियुक्त

काठमाडाैं । कृषि विकास बैंकले नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई सद्भावना दूत ( ब्राण्ड एम्बासाडर) नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बैंक र साम्बा बीच सद्भावना दूत नियुक्ति पछि सम्झौता भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फुटबलर साम्बालाई बैंकको सद्भावना दूतको रुपमा स्वागत गर्न पाउदा खुसी र गौरव लागेको बताउँदै आगामी दिनमा बैंकको बजार प्रबर्द्धनमा साम्बाको उपस्थिति महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।

बैंकका नवनियुक्त ब्राण्ड एम्बासाडर साम्बाले आफ्नो विगत सम्झदै मोजाको सानो गोल (फुटबल), खाली खुट्टाले धान काटिसकेको खेतको गर्हामा खेल्दा खुट्टामा चोटपटक लागेको र दुखेको पनि थाहा हुन्न्थ्यो । समाजमा एउटी छोरीले अन्य छोरा मान्छेसङ्ग (फुटबल खेल्नेअरु नारी हुँदैनथिए) फुटबल खेल्दा समाजमा नकारात्मक टिप्पणी हुने गरेको भए तापनि आफूले त्यसलाई वास्ता नगरी फुटबल खेललाई मुख्य लक्ष बनाएकोले सफलता मिलेको बताइन् । बैंकले दिएको यो महत्त्वपूर्ण जिम्मेवारीलाई आगामी दिनमा महत्त्वका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस अवसरका लागि बैंक परिवारलाई धन्यवाद दिइन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङले फुटबलर साम्बालाई महत्त्वपूर्ण जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिंदै बैंकलाई धन्यवाद व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, डा.बाबुकाजी थापा, यज्ञप्रकाश न्यौपाने र दीर्घबहादुर अर्याल लगायत बिभागीय प्रमुखहरु, प्रदेश निर्देशक र  अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा मार्केटिङ्ग एण्ड सेल्स बिभागका बिभागीय प्रमुख वीना शर्माले अतिथिहरुलाई शब्दद्वारा स्वागत गरेकी थिइन् भने कार्यक्रमको सन्चालन सोही बिभागका वरिष्ठ शाखा अधिकृत शान्तिराम भट्टराईले गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष