विश्व बैंकको अनुमान : युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतसम्म घट्न सक्छ

काठमाडौं । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थव्यवस्था ४५ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ । बैंकले युक्रेनको अर्थव्यवस्थामा युद्धको नकारात्मक असर कोरोना महामारीको समयमा पूर्वी युरोप र मध्य एसियामा देखिएको प्रभावभन्दा पनि धेरै हुने विश्लेषण गरेको छ ।
बैंकका अनुसार एकपछि अर्को प्रतिबन्धका कारण रुसको अर्थतन्त्रमा पनि मन्दी आउनेछ । युद्धका कारण युक्रेनका अधिकांश जनता देश छोडेर जान वा रुसी सेनाविरुद्ध लड्न बाध्य छन् । युद्ध सुरु भएदेखि सडक, कारखानालगायत महत्वपूर्ण पूर्वाधारहरु भत्किएका छन् ।
युद्धले गर्दा युक्रेन धेरै वर्ष पछाडि धकेलिएको पनि विश्व बैंकले जनाएको छ । युक्रेन सूर्यमुखी फूल र गहुँको ठूलो उत्पादक देश हो तर निर्यात रोकिएका कारण विश्वमा तेल र खाद्यान्नको मूल्य अत्याधिक बढेको छ ।
निर्यात गर्न नपाउँदा युक्रेनको आम्दानीको बाटो पनि बन्द छ । प्रतिबन्धका कारण यस वर्ष रुसको अर्थव्यवस्था ११ प्रतिशतसम्म संकूचन हुनेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया