नेपाली टिमलाई ओलीको ढाडस– प्रयास गर्नेको जित एक दिन अवश्य हुनेछ
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । एक रनले हारे पनि संसारभरिका नेपालीलाई खेलले एकताबद्ध बनाएको ओलीले बताए ।
‘आज एक रन मात्र पुगेन हामीलाई । तर पनि यो खेलले संसारभरि छरिएका हामी नेपालीलाई एक बनाएको छ,’ दक्षिण अफ्रिकासँग १ रनले नेपाल स्तब्ध बनेसँगै ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन जोडिदिएको पनि छ।’
नेपालीले खेलमा हार व्यहोरे पनि उत्कृष्ट प्रदर्शन गरेको ओलीको भनाइ छ । कोसिस गर्नेले एक दिन अवश्य जित्ने उल्लेख गर्दै ओलीले नेपाली टिमलाई ढाडससमेत दिएका छन् ।
टी–२० क्रिकेट विश्वकपको समूह चरणअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाबाट ११६ रनको मध्यम लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमा रोकिएको थियो । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया