वाचा पूरा गर्दै ओलीले पठाए हलेसीमा ४ लाख भेटी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खोटाङमा रहेको प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर र गुम्बालाई ४ लाख रुपैयाँ भेटी चढाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले २ लाख रुपैयाँ हलेसी मन्दिर र अर्को २ लाख हलेसी मारतिका गुम्बालाई चढाएका हुन् ।
ओलीले भेटी आफैँ गएर चढाएका भने होइनन् । उनले एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालमार्फत राजधानीबाट भेटी पठाएका हुन् ।
गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेका थिए । त्यसपछि भेटीस्वरुप मन्दिर र गुम्बालाई २–२ लाख दान गर्ने घोषणा गरेका थिए । सोही वाचा अहिले पूरा गरेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया