झापाको पुँजीगत खर्च ६६ प्रतिशत
भद्रपुर । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो ।
चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित रु १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५ दशमलव ०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार चालुतर्फ रु १३ अर्ब चार करोड ११ लाख २९ हजार ४८ खर्च भएको छ । जिल्लाका स्थानीय तहलाई सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त कुल रु सात अर्ब ५५ करोड ७० लाख ५२ हजार अनुदानमध्ये रु पाँच अर्ब तीन करोड ५५ लाख ६५ हजार तीन सय ९४ बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए ।
उनका अनुसार स्थानीय तहलाई प्राप्त समानीकरण अनुदानको ५८ दशमलव ८१ प्रतिशत, चालुतर्फको सशर्त अनुदानको ७४, पुँजीगततर्फको सशर्त अनुदानको ५४ दशमलव २२, विशेष अनुदानमा ५१ दशमलव ६३ र समपूरक अनुदानको ७७ प्रतिशत रकम खर्च भएको छ ।
स्थानीय तहमा विभिन्न शीर्षकमा आउने अनुदानको रकम अर्थ मन्त्रालयबाट फुकुवा हुन अझै बाँकी रहेको भण्डारीको भनाइ छ । “आर्थिक वर्षको अन्तिम महिना भएकाले अर्थ मन्त्रालयबाट फुकुवाको पत्र आउनासाथ हामी स्थानीय तहमा रकम पठाउँछौँ”, उनले भने ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी यही असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया