अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र सबल र सक्षम अवस्थामै रहेको दावी गर्दै अर्थतन्त्र कुनै ठूलो संकटमा नआएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।
उनले देश कुनै ठूलो संकटमा नगएको तर विभिन्न निकायहरुबाट गलत हल्ला फैलाएको बताए । उनले भने, ‘अर्थतन्त्रमा कुनै ठुलो संकट आएको छैन । जसरी यहाँ देशमा ठुलो संकट आयो अब देशमा के के न होला भनेर हल्ला फिजाइएको छ । त्यस्तो केही छैन । अर्थतन्त्रलाई नियमित गतीमा चल्नु दिनुपर्छ । यसलाई आलोचना गर्नु हुँदैन,’ मन्त्री शर्माले भने, ‘यसमा राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन । व्यवसायीहरुलाई र जनतालाई हत्तोसाहित गर्ने खालको प्रचारबाजी भइरहेको छ ।’
देश संकटमा नगएको भन्दै उनले जनता र व्यवसायीको मनोबल कमाजोर बनाउने अभिव्यक्ति कसैले नदिन उनले आग्रह गरे । त्यस्तै अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताएका छन् । उनले समितिले यस विषयमा काम गरिरहेको अवस्थामा गर्भनरमाथि लगाएको आरोपबारे नबोल्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया