करणलाई गितार उपहार दिँदै प्रधानमन्त्रीले भने–युवा पुस्ताको सुख–दुःखमा सँगै छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारको सांगीतिक भविष्य निकै राम्रो रहेको बताएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका करणलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले उनको सांगीतिक सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
खेल र संगीतका खास ‘इभेन्ट’ आफूले हेर्ने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा पुस्ताको हरेक सुख–दुःखमा आफू साथमै रहने बताएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितारसमेत उपहार दिएको उनको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया