कक्षा ११ मा छात्रवृत्ति बाँड्न कामपाले माग्यो अनलाइन आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका संस्थागत शिक्षा संस्थामा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ ।
महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी असार १५ देखि आगामी असार २९ सम्म अनलाइमार्फत आवेदन भर्न अनुरोध गरेको छ ।
महानगरपालिकाका अनुसार परीक्षा प्रणालीबाट छात्रवृत्तिका लागि आवेदन दिएकाहरूको नामावली छनोट गरिनेछ ।
कक्षा १० को पाठ्यक्रममा आधारित भएर १० वटा बहुवैकल्पिक प्रश्न परीक्षामा सोधिने छ । परीक्षा आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
छात्रवृत्ति कोटा र परीक्षा केन्द्रबारे भने केही खुलाइएको छैन । महानगरपालिकाका अनुसार, यससम्बन्धी अन्य विवरण पछि प्रकाशित हुनेछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु



प्रतिक्रिया