NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

कक्षा ११ मा छात्रवृत्ति बाँड्न कामपाले माग्यो अनलाइन आवेदन

अनलाइनबाट असार २९ सम्म आवेदन दिन सकिने, परीक्षा साउन ४ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका संस्थागत शिक्षा संस्थामा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी असार १५ देखि आगामी असार २९ सम्म अनलाइमार्फत आवेदन भर्न अनुरोध गरेको छ ।

महानगरपालिकाका अनुसार परीक्षा प्रणालीबाट छात्रवृत्तिका लागि आवेदन दिएकाहरूको नामावली छनोट गरिनेछ ।

कक्षा १० को पाठ्यक्रममा आधारित भएर १० वटा बहुवैकल्पिक प्रश्न परीक्षामा सोधिने छ । परीक्षा आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

छात्रवृत्ति कोटा र परीक्षा केन्द्रबारे भने केही खुलाइएको छैन । महानगरपालिकाका अनुसार, यससम्बन्धी अन्य विवरण पछि प्रकाशित हुनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष