लालीगुराँस सहकारीका सिइओ पक्राउ

काठमाडौं । बचतकर्ताको रकम अपचलनको अभियोगमा ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।
उपत्यका अनुसन्धान कार्यालयले भण्डारी पक्राउ परेको पुष्टि गर्दै उनीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको जनाएको छ ।
समस्याग्रस्त सहकारीको सूचीमा रहेको लालीगुराँसले सर्वसाधारण नागरिकको ६ अर्ब रकम अपचलन गरेको बताइन्छ ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया