पोखरीमा डुबेर दुई बालकको मृत्यु
सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया