जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर
एजेन्सी । बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको छ ।
बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९।८९ प्रतिशतबाट ९।७२ प्रतिशतमा झरेको छ ।
बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १०.७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १०.४२ प्रतिशतमा झरेको छ ।
गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा ९.१९ प्रतिशत रहेकोमा जुनमा घटेर ९.१५ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष २०२३/२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा देशको औसत मुद्रास्फीति ९।७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य ७.५ प्रतिशतभन्दा धेरै बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बङ्गलादेशको समग्र मुद्रास्फीति ९.०२ प्रतिशत रहेको थियो । बङ्गलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४/२५ का लागि ७.९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट पारित गरेको थियो ।
आर्थिक वर्ष २०७/७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ का लागि ६.५ प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया