NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २४ गते

पाँच प्रदेशमा आज भारी वर्षा

काठमाडौं । पाँच प्रदेशमा सोमबार भारी वर्षाको आकलन गरिएको छ । वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दैनिक बुलेटिन सार्वजनिक गर्दै सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने आकलन छ ।

रातिको समयमा पनि कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।