अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । यद्यपि, उनी सुरक्षित छन् ।
अमेरिकाको पेन्सिलभेनियास्थित ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीको चुनावी र्यालीमा उनीमाथि गोली प्रहार भएको हो ।
प्रत्यक्षदर्शीहरूले करिब ३०० यार्ड परदेखि राइफलबाट उनीमाथि गोली प्रहार गरिएको जनाएका छन् ।
सार्वजनिक तस्बिरमा ट्रम्पको अनुहारमा रगत बगिरहेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गोली प्रहार भए पनि ट्रम्प सुरक्षित रहेको र उनलाई अस्पताल लगिएको जनाएका छन् ।
ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिको भने घटनास्थलमै मृत्यु भएको छ । प्रहरीको गोलीबाट अर्का एक जना सर्वसाधारणको समेत ज्यान गएको बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले ट्रम्पमाथि भएको गोली प्रहारको निन्दा गरेका छन् ।
चुनावी –यालीमा रहेका बाइडेनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै घटना निन्दनीय भएको बताएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया