NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

तीन प्रदेशमा आज भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार तीन प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

मंगलबार बिहान आफ्नो नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने आकलन गरेको हो ।

मौसमविद्का अनुसार, गण्डकीको केही स्थानमा दिउँसो र राति तथा बागमती र सुदूरपश्चिम प्रदेशमा रातिको समयमा भारी वर्षा हुने सम्भावना छ ।

भारी वर्षाका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको खतरा हुने भएकाले यात्रा, बसोबासजस्ता गतिविधि गर्दा सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष