तीन प्रदेशमा आज भारी वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार तीन प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।
मंगलबार बिहान आफ्नो नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने आकलन गरेको हो ।
मौसमविद्का अनुसार, गण्डकीको केही स्थानमा दिउँसो र राति तथा बागमती र सुदूरपश्चिम प्रदेशमा रातिको समयमा भारी वर्षा हुने सम्भावना छ ।
भारी वर्षाका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको खतरा हुने भएकाले यात्रा, बसोबासजस्ता गतिविधि गर्दा सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया