परराष्ट्रमन्त्री राणालाई भारतीय, पाकिस्तानी समकक्षीको बधाई
काठमाडौं । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल-भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् ।
यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको पाकिस्तानी राजदूतावासले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया