NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि थालेको प्रक्रिया रद्द गरेको छ ।

परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेकोमा उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो । उच्च अदालत पाटनले यसमाथि फैसला दिएसँगै परिषद्ले सेवा करारसम्बन्धी विज्ञापन रद्द गरिदिएको हो ।

गत असार २६ को कार्यकारी समितिको निर्णयानुसार उक्त स्थगित विज्ञापन रद्द गरिएको परिषद्ले जनाएको छ । परिषद्ले दरखास्त पेस गर्ने आवेदकहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष