बुटवल–पाल्पा सडक खण्ड आजदेखि राति बन्द हुने
काठमाडौं । बुटवल–पाल्पा सडक खण्डमा रातिको समयमा सवारी सञ्चालन गर्न अनिश्चितकालीन रोक लगाइएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएको छ । उक्त सडक खण्डमा रातिको समयमा हुनसक्ने सम्भावित दुर्घटना तथा क्षति मध्यनजर गरेर प्रशासनले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय लिएको हो ।
जिल्ला प्रशासन, कार्यालय, पाल्पाले साउन ९ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि बुटवल–पाल्पा सडक खण्डमा बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन रोक लगाइएको जनाएको छ ।
रातको समयमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारीसाधन भने सञ्चालन गर्न सकिनेछ । तर त्यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया