लुम्बिनीको मुख्यमन्त्री चयनले एमालेमा विवाद, गिरीले दिए दलको नेताबाट राजीनामा
काठमाडौं । नेकपा एमाले, लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री नियुक्तिलाई लिएर रुष्ट गिरीले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गिरीले पार्टीको भागमा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुचि देखाएका थिए । संसदीय दलका नेता भएकाले उनको दाबी स्वाभाविक पनि थियो । तर पार्टीले उनलाई रोकेर दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि एमालेभित्र विवाद उत्पन्न भएको छ ।
स्रोतका अनुसार, एमाले महासचिव शंकर पोखरेलको हस्तक्षेपमा गिरीलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
आफूलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएपछि उनले त्यसको असन्तुष्टि बुधबार बिहान आयोजित मुख्यमन्त्रीको शपथ कार्यक्रममा सहभागी नभएर देखाएका थिए ।
स्रोतका अनुसार, शंकर पोखरेलले हस्तक्षेप गरेर आचार्यलाई मुख्यमन्त्री बनाएपछि सो पार्टीभित्र दुई धार देखिएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया