NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

को -को थिए दुर्घटनाग्रस्त जहाजमा ?

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ । जहाजमा १९ जना सवार रहेकोमा क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।

नागरिक उड्डन प्राधिकरणले प्रेस बिज्ञप्तीमार्फत १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जहाजमा पाइलट र कोपाइलट बाहेक अन्य एयरलाइन्सकै कर्मचारी थिए । जहाजको इन्जिन मर्मतका लागि पोखरा लैजान लागिएको थियो । रनवे्बाट चिप्लिएर जहाज विमानस्थलको पूर्वी भागमा बजारिएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

दुर्घटनामा पर्नेहरुमा सौर्य एयरलाइन्सका उच्च व्यवस्थापकहरु समेत छन् । सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल,  दिलिप बर्मा क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्माले दुर्घटनामा ज्यान गुमाएका छन् ।

को -को थिए विमानमा ?

नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।